एजेन्सी । हिन्दी संगीतको दुनियाँमा नेहा कक्कडको अहिले कुनै परिचयको आवश्यकता छैन । देशविदेशमा नेहाका गीतहरुलाई एकदमै मन पराइन्छ । उनका प्रसशंकहरुले नेहाका गीतसँगै उनको फिटनेसको प्रसशां गरिरहेका हुन्छन् ।
तपाईंलाई अचम्म लाग्छ होला, नेहाले अन्य कलाकारहरुले जसरी लामो समय जीममा बिताउनु मन पराउँदिनन् । यस्तोमा उनले घरमै तौल कम गर्ने तरिका पत्ता लगाएकी छन् ।
यदी तपाईं पनि नेहा कक्कडले जसरी तौल कम गर्न चाहनुहुन्छ भने आफ्नो जीवनशैलीमा केही परिवर्तन ल्याउन सक्नुहुन्छ । आउनुहोस् यस्तो परिवर्तनका बारेमा जानौं–
नेहा कक्कडले आफूलाई फिट र सक्रीय बनाइराख्नका लागि ग्रीन टी सेवन गर्छिन् । यसले उनको शरीर ऊर्जावान बनिरहन्छ र अनुहारमा पनि चमक आउँछ ।
नेहा कक्कड धेरै कसरत गरिरहन मन पराउँदिनन् । यस्तोमा उनले घरमै स्क्वाट्स, प्ल्यांक र अन्य केही कसरतहरु गर्छिन् । उनी दौडने पनि गर्छिन् ।
नेहाले आफूलाई स्वस्थ राख्नका लागि जंक फूडबाट टाढा बस्छिन् । यसले तौल पनि बढ्दैन । साथमा छालालाई पनि फाइदा गर्छ । उनले क्यालोरी काउन्टको हिसाबले नै आफ्नो खानपिनमा आवश्यक परिवर्तन गर्छिन् ।
नेहाले आफूलाई हाइडे«ट राख्नका लागि समय समयमा पानी पिउँछिन् । पानी पिउँदा शरीरमा भएका हानिकारक तत्वहरु पनि बाहिर निस्कन्छन् । यसले छालालाई पनि फाइदा गर्दछ ।
Facebook Comment
Comment