इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन राष्ट्रसंघको आग्रह

नेपालभ्युज

इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन राष्ट्रसंघको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको छ । बढ्दो तनाव कम गर्न अन्तर्राष्ट्रिय समुदायले भूमिका खेल्न पनि आग्रह गरेको हो । राष्ट्रसंघको मुख्यालयमा एक भिडियो संदेशमा बोल्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वलाई कम गर्दै समाधानको उपाय खोज्न अपील गरेका छन् ।

यता अरब लिगका विदेशमन्त्रीहरुको बैठकले पनि शान्ति बहाली गर्दै वार्तामा आउन आग्रह गरेका छन् । इजरायल र प्यालेस्टाइन बीच अवरुद्ध वार्ता तत्काल शुरु गर्न आग्रह गरेका छन्।

यस्तै मोरक्कोका विदेश मन्त्रि नासर बोरिटाले द्वन्द्वरत दुवै पक्षले आफ्नो प्रवचन छोडेर वार्तामा आउन आग्रह गरे। हिंशाले हिंशा मात्र निम्त्याउने भएकोले अतिवाद त्याग्न आग्रह गरे।

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले पनि गाजा पट्टीमा बढ्दो तनाव अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायको आवश्यकता रहेको बताएका छन्। हमास र इजरायलले एक अर्काको क्षेत्रमा आक्रमण गर्दा दुवै पक्षका २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । हमासको आक्रमणपछि इजरायलले देश युद्धमा होमिएको घोषणा गरेको छ भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो विपक्षी दल सम्मिलित अन्तरिम मन्त्रिपरिषद्को गठन गरेका छन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved