इजरायलमा मृत्यु भएकाको परिवारलाई कर्णाली सरकारले तीन लाख दिने

नेपालभ्युज

इजरायलमा मृत्यु भएकाको परिवारलाई कर्णाली सरकारले तीन लाख दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले इजरायलको किबुज अलुमियमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी मृत्यु भएकाको परिवारलाई राहतस्वरुप तीन लाख रुपैयाँ दिने भएको छ ।

बुधबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए ।

भदौ र असोजमा परेको अविरल वर्षा तथा हावाहुरीलगायत प्राकृतिक प्रकोपबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा भएको बालीनाली तथा पशुपन्छीहरु क्षति भएकाले कृषकहरुलाई राहातस्वरुप छ करोड रुपैयाँ विनियोजन गरिएको प्रवक्ता जिसीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved