अहिलेको डेंगुले लिन पनि सक्छ ज्यान, यस्ता लक्षणलाई नजरअन्दाज नगर्नुस्

नेपालभ्युज

अहिलेको डेंगुले लिन पनि सक्छ ज्यान, यस्ता लक्षणलाई नजरअन्दाज नगर्नुस्

एजेन्सी। विगत केही दिनयता काठमाडौंलगायत देशमा विभिन्न स्थानमा डेंगुको खतरा बढिरहेको छ । यो गम्भीर बिमारीले कतिपयको ज्यान पनि लिएको छ । डेंगु बढिरहेका बेला अहिले हुने खालको डेंगु अझै खतरा भएको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन् ।

त्यसैले, डेंगुमा देखिने विभिन्न खाले लक्षणहरूलाई पहिचान गरी समयमै सतर्क हुनुहोस् । आज हामी त्यहीँ डेंगुमा देखिने लक्षणका बारेमा बताइरहेका छौं।

डेंगुका कारण शरीरमा एक सय डिग्रीभन्दा धेरै ज्वरो आउने, छालामा दाना आउने, वान्ता हुने तथा थकानजस्तो समस्या हुन सक्छ ।

हामी सबैलाई थाहा छ, डेंगुका कारण शरीरमा प्लेटलेट्स काउन्ट कम हुन्छ । तर, अहिलेको डेंगुमा कतिपयलाई प्लेटलेट्स कम भएपछि बिरामीलाई रक्तश्रावको समस्या पनि देखिन्छ ।

डेंगुका बिमारीका चारवटा स्टेसन यानि कि, प्रकार हुने गर्छन् । यी सबैमा सबैभन्दा खतरनाक डीईएनवी-२ हुने गर्छ । यो स्टेसनमा कतिपय अवस्थामा बिरामीको ज्यान पनि जाने गर्छ ।

यदि, तपाईंको शरीरमा माथि बताइएका लक्षण देखिएका छन् भने यसलाई सामान्य रूपमा लिएर आफैँ उपचार गर्न नथाल्नुहोस् । यस्तो स्थितिमा कुनै पनि दबाई वा भिटामिनहरू खानु नोक्सानदायक पनि हुन सक्छ । त्यसैले, डाक्टरको सल्लाह अवश्य लिनुहोस् ।

यदि, तपाईं डेंगुबाट बच्न चाहनुहुन्छ भने केही कुराहरूको ख्याल गर्न जरुरी हुन्छ । जस्तै, घरको वरिपरि पानी जम्न नदिने, झ्याल ढोका बन्द गर्ने, मच्छड मार्ने दबाईको प्रयोग गर्ने र शरीर पूर्णरूपमा ढाक्ने लुगा लगाउनु नै राम्रो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved