एमाले सांसद सुनिताको प्रश्न- उद्धार गर्न इजरायल जान खोजेका जहाजलाई किन अनुमति नदिएको ?

नेपालभ्युज

एमाले सांसद सुनिताको प्रश्न- उद्धार गर्न इजरायल जान खोजेका जहाजलाई किन अनुमति नदिएको ?

काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले नेपालबाट इजरायल पठाउन खोजिएका जहाजलाई अनुमति नदिएकोबारे सरकारसँग जवाफ माग गरेकी छिन् ।

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सरकारको जवाफ मागेकी हुन् ।

इजरायल आफैँमा ढुक्क भएर बस्ने देश नरहेको भन्दै उनले इजरायलस्थित नेपाली दूतावाससमेत घटनाबारे जानकार नभएको आरोप लगाइन् ।

सांसद बरालले सबै राजनीतिक दलहरु मिलेर काम गर्ने हो भने समस्या समाधान गर्न सहज हुने बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved