इजरायलमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउन सरकारलाई कांग्रेसको आग्रह

नेपालभ्युज

इजरायलमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउन सरकारलाई कांग्रेसको आग्रह

काठमाडाैं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षितरूपमा स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षितरूपमा स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले नेपाल आउन चाहने नागरिकहरूलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताको लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताए ।

त्यस्तै युद्धमा परी बेपत्ता भएका नेपाली नागरिकहरूलाई खोजी गरी स्थिति सार्वजनिक गर्न पनि आग्रह गरिएको छ । बैठकले इजरायलमा जोखिममा परेका मानिसहरूलाई उद्दार गरेर सुरक्षित स्थानमा राख्न, खान, बस्नको उचित व्यवस्था गर्न र हत्या भएका विद्यार्थीहरूको पार्थिव शरीरलाई तत्काल नेपाल ल्याएर परिवारजनलाई बुझाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved