सुनको मूल्य बढ्ने क्रम जारी, चाँदीको मूल्यमा भने गिरावट 

नेपालभ्युज

सुनको मूल्य बढ्ने क्रम जारी, चाँदीको मूल्यमा भने गिरावट 

काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तीन सयले वृद्धि भएको छ । हिजो एक हजारले बढेर तोलामा छापावाल सुन एक लाख आठ हजार छ सय र तेजाबी सुन एक लाख आठ हजार एक सय रुपैयाँ थियो भने, आज पुनः तोलामा तीन सयले बढेको छ ।

मंगलबार बढेको छापावाल सुन नेपाली बजारमा प्रतितोला एक लाख आठ हजार नौ सय मा कारोबार भइरहेको छ भने, तेजाबी सुन प्रतितोला एक लाख आठ हजार चार सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीमा भने प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ । पाँच रुपैयाँले घटेको चाँदी आज १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved