खोकीले गाह्रो भएको छ ? अपनाउनुहोस् यस्तो टिप्स

नेपालभ्युज

खोकीले गाह्रो भएको छ ? अपनाउनुहोस् यस्तो टिप्स

एजेन्सी। कहिलेकाहीँ खोकीको समस्या यति लामो हुन्छ कि, जति ख्याल गर्दा पनि निको नै हुँदैन । खोकीको समस्या प्रायः संक्रमण, फ्लु आदि समस्यामा हुने गर्छ । यसबाहेक खोकीको समस्या अस्थमा, टीबी तथा फोक्सोको  क्यान्सर जस्ता गम्भीर बिमारीको लक्षण पनि हुन सक्छ ।

खोकीको लक्षण

खोकी आफैँमा एउटा समस्या हो, तर कहिलेकाहीँ यो कुनै गम्भीर रोगको सुरुआतको संकेत पनि हुन सक्छ । यस्तोमा मानिसको घाँटी खसखस गर्ने, छाती दुख्ने र कन्जेसन जस्ता समस्या महसुस हुन्छ । यस्तो अवस्थामा यी घरेलु औषधिहरूको प्रयोग गर्नु राम्रो मानिन्छ ।

बेसार

खोकीको घरेलु उपचारमा सबैभन्दा पहिला बेसार आउँछ । बेसारमा आयुर्वेदिक गुण पाइन्छ । यस्तोमा तपाईं एक कप पानीमा एक चम्चा बेसार पाउडर मिसाएर उमाल्नुहोस् । त्यसपछि यस मिश्रणमा एक चम्चा मह मिसाएर दैनिक सेवन गर्नुहोस् ।

अदुवा

खोकीबाट छुट्कारा पाउनका लागि अदुवा एकदमै राम्रो विकल्प हुन्छ । यस घरेलु उपायका लागि एक कप पानीमा अदुवाको पेस्ट राखेर उमाल्ने । अब यस मिश्रणलाई दिनमा पटक-पटक सेवन गर्न सकिन्छ ।

कागती

यो घरेलु उपायका लागि कागतीको रसमा मह मिसाएर मिश्रण बनाउने र खोकीबाट राहत पाउनका लागि यसलाई दिनभर पटक-पटक सेवन गर्न सकिन्छ ।

लसुन

लसुनमा एन्टिब्याक्टेरियल तथा एन्टिमाइक्रोबियल गुण हुन्छन् । यस घरेलु उपायका लागि पानीमा तीनदेखि चार लसुनका पोटी उमाल्ने र त्यसमा एक चम्चा ज्वानो पनि राख्ने । अब यस मिश्रणमा मह मिसाएर दैनिक यसको सेवन गर्ने ।

मह

यदि, खोकीले गर्दा तपाईंको छाती दुखिरहेको छ भने पनि महसँग तातो दूधको सेवन गर्न सकिन्छ । यसले तपाईंलाई छिट्टै राहत दिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved