प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्सँगै सर्वदलीय बैठक, इजरायल समस्याबारे निर्णय लिने

नेपालभ्युज

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्सँगै सर्वदलीय बैठक, इजरायल समस्याबारे निर्णय लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले मन्त्रिपरिषद् बैठकपछि सर्वदलीय बैठक पनि बोलाएका छन् ।

इजरायलमा रहेका नेपाली नागरिकहरूको उद्धार, स्वदेश फिर्ती, राहतलगायतका विषयमा छलफल गरी निर्णय गर्न उनले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका हुन् ।

बैठक सोमबार अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्री प्रचण्डले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाएका छन् ।

इजरायलमाथिको आक्रमणमा आइतबार १० नेपालीको मृत्यु भएको पुष्टि भएको छ । केही नेपाली बन्धक रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved