चित्रबहादुर केसीको निष्कर्ष- जनताले संघीयता नस्वीकारेको प्रष्ट भइसक्यो, अब खारेज गरौं

नेपालभ्युज

चित्रबहादुर केसीको निष्कर्ष- जनताले संघीयता नस्वीकारेको प्रष्ट भइसक्यो, अब खारेज गरौं

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताले संघीय व्यवस्था नस्वीकारेको प्रष्ट प्रष्ट भइसकेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले जनताले संघीयता नरुचाएकाले खारेज गर्नुपर्ने पनि बताए ।

उनले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्पमा संघात्मक प्रणाली नचाएको कुरा घटनाक्रमले पुष्टि गरेको दाबी गरे ।

‘जनतालाई मान्य नहुँदापनि संघीयताको मुरली किन बजाइरहेको ?’ भनेर उनले प्रश्नसमेत गरे । मुख्यमन्त्रीहरुलाई भैसेपाटीमा दरबार बनाउनु संघीयता नभएको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved