२ अर्ब १५ करोड रुपैयाँ खर्चेर पैदलमार्ग सुधार गर्दै महानगरपालिका

नेपालभ्युज

२ अर्ब १५ करोड रुपैयाँ खर्चेर पैदलमार्ग सुधार गर्दै महानगरपालिका

काठमाडौं। काठमाडौं महानगरपालिकाले पैदलमार्गलाई यात्रुमैत्री बनाउन यस वर्ष २ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको महानगरपलिकाले जनाएको छ ।

निर्माण कार्यका लागि जारी सूचनाबाट आएका र छनोट भएका केही निर्माण व्यवसायीसँग सम्झौता भइसकेको छ । मापदण्ड र निर्माण पक्षको क्षमताजस्ता प्राविधिक पक्षबाट काम हुन नसक्ने देखिएपछि केही सडकको पुनः बोलपत्रको सूचना भएको छ । केही सार्वजनिक सूचना प्रकाशनको चरणमा छन् ।

पैदलयात्रा गर्ने यात्रीको सहजताका लागि गएको आर्थिक वर्षबाट थालिएको कामलाई यस वर्ष थप तीव्र बनाइएको महानगरपालिकाको भनाइ छ । सार्वजनिक निर्माण विभागले पैदल मार्गको संरचना निर्माण तथा सुधारका लागि काम गरिरहेको छ । यसअन्तर्गत मार्गमा रंगीन ब्लकहरू छापिनेछन् । दरबारमार्ग क्षेत्रमा भने ग्रेनाइट छापिनेछ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र करिब १ हजार ३ सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये ८ मिटरभन्दा कम चौडाइ भएको १ हजार किलोमिटर सडक महानगरपालिकाको स्वामित्वमा आएको छ । बाँकी सडक संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालयको स्वामित्वमा छ । सडक जसको भए पनि पैदल मार्ग निर्माण, सम्भार र व्यवस्थापनमा महानगरपालिकाले काम गरिरहेको छ ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved