ओएसआर डिजिटलका म्यानेजिङ डाइरेक्टर अग्रवाल पक्राउ

नेपालभ्युज

ओएसआर डिजिटलका म्यानेजिङ डाइरेक्टर अग्रवाल पक्राउ

काठमाडौं। अभिनेता अनमोल केसी पक्राउ  परेको खबर सेलाउन नपाउँदै अर्का एक फिल्म तथा संगीत व्यवसायी पनि पक्राउ परेका छन्।

फिल्मको पाइरेसी र ठगी मुद्दामा ओएसआर डिजिटलका म्यानेजिङ डाइरेक्टर ओमप्रकाश अग्रवाल पक्राउ परेका हुन् ।

फिल्म ‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले आफ्नो अनुमतिबिना फिल्म बाहिर प्रदर्शन र प्रचार-प्रसार गराएको आरोप लगाएर उजुरी दिएपछि अग्रवाल पक्राउ परेका हुन्।

निर्माता बस्नेतले आफ्नो अनुमतिबिना अग्रवालले फिल्म बाहिर प्रदर्शन र प्रचार-प्रसार गराएकोले आफूलाई ठूलो घाटा भएको भन्दै उनीविरुद्ध उजुरी दिएको एक अधिकृतले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved