दाँतको दुखाइबाट तुरुन्तै राहत दिने घरेलु उपाय

नेपालभ्युज

दाँतको दुखाइबाट तुरुन्तै राहत दिने घरेलु उपाय

एजेन्सी। दाँतमा दुखाइ हुनु एकदमै पीडादायी हुन्छ । दाँतको दुखाइ धेरै कारणले हुने गर्छ । तर, जब यो दुखाइ बढ्छ यो कान हुँदै टाउकोसम्म पुग्छ । यसबाट छुट्कारा पाउनका लागि केही घरेलु उपायहरू पनि अपनाउन सकिन्छ । आउनुहोस् जानौं –

– यदि, तपाईंको दाँतमा थोरै दुखाइ वा झन्झनाहट भएको छ भने ल्वांग एकदमै काम लाग्न सक्छ । यसका लागि दुखेको ठाउँमा ल्वांगलाई दाबेर राख्नुहोस् ।

– दाँतको दुखाइबाट छुट्कारा पाउनका लागि अम्बाको पात पनि चबाउन सकिन्छ । किनकि, अम्बाको पातमा एन्टिब्याक्टेरियल तथा एन्टिइन्फ्लामेटरी गुण पाइन्छ ।

– प्याजको रसले पनि दाँतको दुखाइ कम गर्न सकिन्छ । यसमा हुने एन्टिइन्फ्लामेटरी गुणले दाँतका ब्याक्टेरियाहरूलाई मार्ने काम गर्छ ।

– लसुनमा हुने एन्टिबायोटिक गुणले पनि दाँतको दुखाइमा एकदमै राम्रो काम गर्छ । यसका लागि लसुनको पोटीलाई पिसेर पेस्ट बनाउने र त्यसमा नुन मिसाएर दुखेको ठाउँमा लगाउने ।

– व्रत बसेको बेला प्रयोग गरिने नुनले पनि दाँतको दुखाइबाट राहत दिन्छ । यसलाई मनतातो पानीमा मिसाएर कुल्ला गरेमा एकदमै आराम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved