यस्ता भिटामिनको कमीले झनझनाउँछ शरीर

नेपालभ्युज

यस्ता भिटामिनको कमीले झनझनाउँछ शरीर

एजेन्सी । कहिलेकाँही एउटै पोजिशनमा बस्ने, उभिने वा सुत्ने गर्दा हात खुट्टाहरु झन् झन् गर्ने वा निदाएजस्तो हुने समस्या हुन्छ ।

जे होस् यस्तो समस्या केहीबेरपछि आफै ठिक पनि हुन्छ । तर पनि शरीरमा हुने यस्तो झन्झन् तथा निदाउनु शरीरमा केही विशेष भिटामिनहरुको कमीले पनि हुने गर्छ । जानौं कस्ता भिटामिनहरुको कमीले झनझन् महसुस हुन्छ र यसलाई कसरी ठिक गर्ने ?

भिटामिन बी१

भिटामिन बी१ यानिकी थायमिनको कमीले यो झन्नझन् हुन सक्छ । यो भिटामिनले नर्व इम्पल्स र न्यूरोनलाई रिपेयर गर्ने काम गर्छ । यसका लागि तपाईं आफ्नो खानपानमा मासु, फलहरु, अनाज तथा मेवाको सेवन गर्नुहोस् ।

भिटामिन बी६

यो समस्या भिटामिन बी६ को कमीले पनि हुन सक्छ । यो भिटामिन हाम्रो शरीरमा जम्मा हुन पाउँदैन त्यसैले आफ्नो दैनिक खानपानमा भिटामिन बी६ ले भरिपूर्ण चिजहरुको सेवन गर्नुपर्दछ । यसका लागि तपाईं मासु, माछा, नट्स, फल, अनाज, अमिलो फल तथा आलु खान सक्नुहुन्छ ।

भिटामिन बी१२

भिटामिन बी१२ले सेल्सहरुमा ऊर्जा उत्पादन गर्छ । यो मासु, दुग्धजन्य पदार्थ अन्डा जस्ता एनिमल बेस्ट प्रोडक्टमा पाइन्छ । यस्तोमा शाकाहारी व्यक्तिहरुका लागि भिटामिन बी१२ को कमी पूरा गर्न केही समस्या हुने गर्छ ।

भिटामिन ई

शरीरमा भिटामिन ईको कमी हुँदा पनि आन्द्राहरुमा फ्याट कम अब्जर्ब हुन्छ जसले गर्दा हात तथा खुट्टामा झन्झन् र सञ्चारमा समस्या आउन स्क्छ । यसका लागि तपाईं आफ्नो दैनिक खानपानमा मेवा, बीज, तरकारी तथा हरियो सागहरुलाई सामेल गर्न सक्नुहुन्छ ।

फोलेट

शरीरमा फोलेटको कमीले पनि एउटा स्थानमा बसिरहँदा वा पल्टिँदा झन्झन् महसुस हुन्छ । यसका लागि तपाईं हरियो साग, मुंगफली, सूर्यमुखीको बीज, सिफुड आदि खानपानमा समावेश गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved