थाइल्याण्डले बन्दुकमाथिको नियन्त्रणलाई थप कडा बनाउने

नेपालभ्युज

थाइल्याण्डले बन्दुकमाथिको नियन्त्रणलाई थप कडा बनाउने
सांकेतिक तस्वीर।

बैङ्कक । थाइल्याण्डले बन्दूक र बन्दूकको अनुकरण गरी बनाइने हतियारमाथि नियन्त्रण बढाउने अधिकारीहरूले बिहीबार बताएका छन् ।

बैङ्कककोे एक व्यापारिक केन्द्र (सपिङ मल) मा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु र अन्य पाँच जना घाइते भएपछि थाइल्याण्डले बन्दुक तथा अन्य हतियारमाथि नियन्त्रण बढाउने अधिकारीहरूले बिहीबार बताएका हुन् ।

थाइल्याण्डका उपप्रधानमन्त्री अनुटिन चार्नभिराकुलले अवैध हातहतियारमाथि कडा निगरानी गर्ने र बन्दूकको अनुकरण गरी बन्ने हतियार नियन्त्रणका लागि कडा नियमसहित हतियार राख्ने, बोक्ने र प्रयोगमा प्रतिबन्ध लगाउने उपायहरू सरकारले लागू गर्ने बताएका छन् ।

खाली बन्दूक, छर्रा बन्दूक र ‘एअरगन’हरू घातक हतियारहरूमा परिमार्जन गर्न सकिने भएकोले यस्ता हतियार राख्नका लागि प्रशासनको अनुमति पत्र (लाइसेन्स) आवश्यक पर्दछ । उनले सम्बन्धित एजेन्सीहरूसँगको बैठकपछि पत्रकारसँग भने, “अधिकारीहरूले हतियारको अवैध रूपमा आयात र अनलाइन बिक्री गर्नेहरूलाई कडा निगरानी पनि गर्नेछन् ।”

सुटिङ खेलका लागि दर्ता भएका बन्दुक सुटिङ शिविरमा मात्र राख्नुपर्ने र सुटिङ गतिविधिमा भाग लिनेलाई उमेरको प्रतिबन्ध लगाइने उनले बताए । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved