चलचित्र ‘छक्का पञ्जा ४’ डिशहोममा प्रदर्शन हुँदै

नेपालभ्युज

चलचित्र ‘छक्का पञ्जा ४’ डिशहोममा प्रदर्शन हुँदै

काठमाडाैं | नेपाली चलचित्र छक्का पञ्जा ४ डिशहोममा प्रदर्शन हुने भएको छ । यही असोज १९ गते शुक्रवारदेखि डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुने कम्पनीले जनाएको छ ।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, बुद्धी तामाङ आदि कलाकारहरूको अभिनय रहेको छ । वर्षभरि रिलिज भएका सर्वाधिक  सफल नेपाली चलचित्रहरू, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन भइरहेका छन् ।

विभिन्न कारणले हलसम्म पुगेर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिशहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्नेछन् ।

प्रकाश, कृष्ण लीला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरू डिशहोम सिनेमाघरका साथै प्लस मुभि र रमाइलो टीभीमा प्रदर्शन हुने डिशहोमले जनाएको छ ।

सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम बिक्रेता वा डिलरदाइ मार्फत सेवा लिएर र आफ्नै मोवाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ ।

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससँगै नयाँ–नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पनि पाउन सकिने डिशहोमले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved