एमाले सचिवको दाबी- गण्डकीमा मिडियाले प्यानल बनाइदिए, हाम्रोमा त्यस्तो भएको छैन

नेपालभ्युज

एमाले सचिवको दाबी- गण्डकीमा मिडियाले प्यानल बनाइदिए, हाम्रोमा त्यस्तो भएको छैन

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले गण्डकीको अधिवेशनमा प्यानलगत उम्मेदवारी नपरेको दाबी गरेका छन् ।

सञ्चारमाध्यमले प्यानलगत उम्मेदवार बनाइदिएको भन्दै उनले संगठनको नेतृत्व गर्ने चाहना हुने व्यक्तिहरुले मात्रै उम्मेदवारी दिएको उनको भनाइ छ ।

उनले सहमतिको प्रयास गरेपनि चुनाव हुने स्थिति बनेको भने स्वीकारे ।

जिम्मेवारीका बेलामा धेरै आकंक्षीहरुको बीचमा प्रतिस्पर्धा हुनेकुरा स्वभाविक भएको उनको भनाइ छ ।

त्यस्तै अध्यक्ष पदका प्रत्यासी मायानाथ अधिकारीले कार्यकता र नेताहरुले नै अध्यक्षको लागि योग्य भनेपछि आफू उम्मेदवार बनेको बताए ।

अर्का अध्यक्षका पदका उम्मेदवार नवराज शर्माले एक पूर्ण कार्यकाल संगठको नेतृत्व गर्ने चाहनाअनुसार आफूले उम्मेदवारी दिएको बताएका छन् ।

यद्यपि, यहाँ प्रष्ट दुई प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved