नेपाली प्रवासी मजदुरमा आधारित फिल्म ‘बहादुर–द ब्रेभ’लाई अन्तर्राष्ट्रिय अवार्ड

नेपालभ्युज

नेपाली प्रवासी मजदुरमा आधारित फिल्म ‘बहादुर–द ब्रेभ’लाई अन्तर्राष्ट्रिय अवार्ड

नेपाली प्रवासी मजदुरमा आधारित फिल्म ‘बहादुर–द ब्रेभ’ले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड पाएको छ ।  कोभिड–१९ का बेला भारतमा नेपाली प्रवासी मजदुरले पाएको सङ्घर्षबारे भारतका रोहतकका केही युवाले फिल्म बनाएका थिए ।

‘सान सेबास्टियन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ को ७१औँ संस्करणमा यस फिल्मले ‘कुट्छा बैंक–न्यु डिरेक्टर अवार्ड’ हात पारेको हो । आठ दिन लामो यो फेस्टिभल स्पेनको सान सेबास्टियनमा शनिबार आयोजना गरिएको थियो ।

हरध्यान फिल्म्सका भिस्भेस सिंह शेरावत र सिनाइ पिक्चर्स अफ थोमसका अजय अब्राहमद्वारा निर्मित यस फिल्म सेप्टेम्बर २३ मा फेस्टिभलको ‘न्यु डिरेक्टर्स’ अन्तर्गत वर्ल्ड प्रिमियर गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved