बझाङ भूकम्प : एक महिलाको शव भेटियो, एक सय भन्दा धेरै घर भत्किए

नेपालभ्युज

बझाङ भूकम्प : एक महिलाको शव भेटियो, एक सय भन्दा धेरै घर भत्किए

बझाङ । भूकम्पका कारण मृत्यु भएकी एक महिलाको शव भेटिएको छ । भूकम्पपछि गएको पहिरोमा परि बेपत्ता एक महिलाको शव भेटिएको हो ।

टिमुर टिप्न हिजो दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४५ वर्षकी गुनदेवी धामीको शव भेटिएको हो ।

पहिरोमा च्यापिएको अवस्थामा रहेको शव निकाल्न जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको छ । भूकम्पबाट बझाङमा मात्रै १३ जना घाइते भएका छन् । भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही  घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा धेरै भौतिक संरचनामा क्षति पुगेको तथ्याङ्क छ ।

भूकम्पपछि गएको सुक्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग अहिलेसम्म खुल्न सकेको छैन । सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर हिजो दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

पटक–पटक परकम्प गइरहेकाले स्थानीय बासिन्दाले घरबाहिर खुला चौरमा बसेर रात कटाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved