सेन्साईको दशैं तिहार योजना सार्वजनिक

नेपालभ्युज

सेन्साईको दशैं तिहार योजना सार्वजनिक

काठमाडाैं। जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले नजिकिरहेको नेपालीहरूको चाड दशैं तिहारलाई लक्षित गर्दै “यो दशै-तिहार, हरेक दिन टि.भी. उपहार” नामक योजना सार्वजनिक गरेको छ । ग्राहकहरूले यो योजनाको लाभ भदाै २७ गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन सक्नेछन ।

यो योजनाअन्तर्गत सेन्साई ब्रान्डका कुनै पनि सामानको खरिदपश्चात् लक्की ड्र मार्फत ४० दिन सम्म ४० भाग्यशाली ग्राहकहरूले प्रत्येक दिन सेन्साईको २४ इन्चको टि.भी.उपहार जित्न सक्नेछन्। सेन्साईका ग्राहकहरूले आफुलाई यो लक्की ड्रमा सहभागी गराउन दिइएको क्युआर कोड स्क्यान गरेर प्राप्त भएको फर्ममा नाम, ठेगाना, फोन नम्बर र खरिद गरिएको सामान तथा वारेण्टी कार्ड नम्बर जस्ता विवरण भर्नुपर्नेछ। कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ।

त्यसै गरि शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरूले “सिजि लोयल्टी क्लब”को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरूले ललितपुर स्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउने छन् । यी सुबिधाका लागि ग्राहकहरूले डब्लु डब्लु डट सिजीइएलएस डटकममा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन।

नेपाल अधिराज्यभर सेन्साई ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु ,नयाँ बजार र काठमाडौं बाहिर बनेपा, पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved