एकै दिन तोलामा १३ सयले घट्यो सुनको मूल्य 

नेपालभ्युज

एकै दिन तोलामा १३ सयले घट्यो सुनको मूल्य 

काठमाडौँ । लगातार ओरालो लागिरहेको सुनको मूल्यमा झन् गिरावट आएको छ । सुनको मूल्य मंगलबार तोलामा १३ सय रुपैयाँले घटेको छ ।

सोमबार १ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छापावाल सुनको मूल्य मंगलबार १३ सय रुपैयाँले घटेर १ लाख ६ हजार ६ सय कायम भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख ६ हजार एक सय रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीमा तीस रुपैयाँको गिरावट आएर प्रतितोला १३ सय दस रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved