अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

नेपालभ्युज

अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नजिकिँदो चाँडबाँडसंगै सुनचाँदीको निरन्तर ओरालो लागेको छ ।

सोमबार छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ कायम थियो ।

त्यस्तै, आज चाँदीमा पनि २० रुपैयाँको गिरावट आएर प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved