एमाले कर्णाली अधिवेशन : अझै सुरु भएन मतदान

एमाले कर्णाली अधिवेशन : अझै सुरु भएन मतदान

सुर्खेत । नेकपा (एमाले) प्रथम धिवेशनकाे नेतृत्व चयनका लागि आज दिउँसाे हुने भनिएकाे मतदान अझै सुरु भएकाे छैन ।

बिहान ८ बजे गर्ने भनिएकाे मतदाता नामावली प्रकाशन नहुँदा निर्वाचन कार्यतालिका अनुसार नहुँदा मतदान हुन नसकेकाे हाे । त्यस्तै , अध्यक्षका लागि पाँच जनाकाे उम्मेदवार रहेकाेमा दुई जनाले उम्मेदवारी  फिर्ता लिएका छन् ।

अध्यक्षका उम्मेदवार प्रेमबहादुर सिंह र राजबहादुर शाही उम्मेदवारी फिर्ता लिएका हुन् । अब अध्यक्षका गुलावजंग शाही, मीनबहादुर शाही र प्रकाश राेकाया  मात्रै उम्मेदवार रहेका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार नचल्दा अधिवेशन लम्बिने सम्भावना बढेकाे छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved