डाक्टर कुट्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि समितिले दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो।

नेपालभ्युज

डाक्टर कुट्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं। डाक्टर कुट्नेलाई कारबाही गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ।

चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि समितिले दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो।

समिति सभापति भानुभक्त जोशीले निर्णय सुनाउँदै भने, ‘‘चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न र हिंसारहित भयरहित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने, गृह मन्त्रालयलाई आग्रह गर्ने’ समितिको निर्णय छ।’’

वार्ताबाट सहमति खोज्न पनि आन्दोलित चिकित्सक र सरकारलाई समितिले आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved