सलमान खानलाई मन पराइनुका १० कारण

नेपालभ्युज

सलमान खानलाई मन पराइनुका १० कारण

एजेन्सी । बलिउड अभिनेता सलमान खानका प्रसंशक अझै पनि बढिरहेकै छन् । भारत, नेपाल, पाकिस्तान, श्रीलंका देखि विश्वभर उनलाई मन पराउने तथा उनका फिल्म हेर्न चाहनेको संख्या धेरै नै छ ।

इन्स्टाग्राममा उनका ६५.६ मिलियन फलोअर्स छन् । सलमान खानको मुस्कान र हाँसोले प्रसशंकको मन जित्ने गर्छ । बढ्दो उमेरमा पनि उनको शरीर एकदमै तन्दुरुस्त छ ।

त्यस्तै अर्को उनलाई मन पराउने कारणका पछाडि उनको परिवार रहेको छ । उनी अहिले पनि आमा बुवा लगायत सम्पूर्ण परिवारसँगै एउटै छतमुनी बस्छन् ।

सलमान खानले बिइंग ह्यूमन फाउन्डेशनका माध्यमबाट गरीब तथा आवश्यक भएका व्यक्तिको सहयोग गर्ने गर्छन् । बलिउडका भाईजान एक मात्र धेरैले चाहेका अविवाहित अभिनेता हुन् ।

सलमान खानको फिल्म ‘तेरे नाम’ रिलीज भएको समयमा उनको कपालको स्टाइल धेरै युवाले कपी गरेका थिए । त्यस्तै उनका धेरै नृत्य स्टाइल पनि कपी गर्ने गर्दछन् ।

सलमान खान कै कारणले बिग बोस हेर्ने प्रसशंक पनि धेरै छन् । उनले जसरी बिग बोस अरु कसैले होस्ट गर्न पनि सक्दैन । त्यस्तै उनले हिन्दु र मुस्लिम दुवै धर्म मान्छन् जसले गर्दा उनका सबै जातधर्ममा प्रसशंक छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved