फ्रिजमा राखेको चिसो खाँदा हुन सक्ने समस्या

नेपालभ्युज

फ्रिजमा राखेको चिसो खाँदा हुन सक्ने समस्या

एजेन्सी । हरेक घरमा दैनिक जसो खाना बच्ने गर्छ, जसलाई अधिकांश मानिसले फ्रिजमा राख्ने गर्छन् र पछि सेवन गर्छन् ।

के तपाईंले फ्रिजबाट निकालेको खानाले हाम्रो शरीरमा कस्तो असर गर्छ भनेर सोंच्नुभएको छ ? यदी छैन भने आजै जान्नुहोस् फ्रिजबाट निकालेको खाना खाँदा कस्ता विमारीहरु हुन सक्छन् भनेर

फूड प्वाइजनिंग

फ्रिजमा राखेको चिसो खानाले पेटमा गम्भीर संक्रमण तथा समस्या हुन सक्छ । यस्तो खानाले फुड प्वाइजनिंग पनि हुन सक्छ ।

पेटका समस्या

फ्रिजको खाना खानाले पखाला लाग्ने जस्तो पेटको समस्या हुन सक्छ । यस्तो खानामा ब्याक्टेरिया जन्मन्छन् जसले ग्यास, एसिडिटी र अन्य कैयौं समस्याहरु हुन सक्छन् ।

संक्रमण

फ्रिजमा राखेको खानामा भएका ब्याक्टेरिया तथा फंगसहरुले खानालाई दुषित गर्छन् । यस्तोमा यस्तो खानाको सेवनले संक्रमणको खतरा बढ्छ । जसले गर्दा ग्यास, पेट दुख्ने, संक्रमण, पखाला लाग्ने आदि समस्या हुन सक्छ ।

मांसपेशी कमजोर

फ्रिजमा लामो समयसम्म राखेको खानामा पोषक तत्वहरुको कमी हुन्छ । जसले गर्दा शरीरलाई चाहिने भिटामिन तथा मिनरल्सहरुको कमी हुन्छ र मांसपेशीहरु कमजोर हुन थाल्छन् ।

तौल

फ्रिजमा राखेको बासी खानाले तौल बढ्ने समस्या पनि अत्यधिक हुने गरेको पाइन्छ । यसले शरीरमा बोसो तीव्र गतिमा लाग्ने गर्छ ।

अल्छीपना

आयुर्वेदमा पनि भनेको छ कि बासी खानाको सेवन गर्नबाट बच्नुपर्छ । किनकी खाना जब बासी हुन्छ त्यो सात्विक रहँदैन । जसले गर्दा शरीर आलस्य हुने तथा काम गर्न अल्छी लाग्ने समस्या आउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved