एमालेले ८४ को चुनावमा बहुमत ल्याउने महासचिव पोखरेलको दाबी

नेपालभ्युज

एमालेले ८४ को चुनावमा बहुमत ल्याउने महासचिव पोखरेलको दाबी

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८४ सालमा एमालेको एकल सरकार बन्ने दाबी गरेका छन् । बुधबार एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बोल्दै महासचिव पोखरेल यस्तो बताएका हुन् ।

जनताको रोजाइको पहिलो पार्टी एमाले हुने उनको दाबी थियो । ‘हाम्रो पार्टीलाई चौतर्फी घेरबन्दी गरिएको छ, २०८४ सालमा एमालेको एकल नेतृत्वमा सरकार बन्छ’, उनले भने, ‘एमाले एक्लैको‌ बलबुताले सरकारको नेतृत्व गर्ने गरी विभिन्न अभियानहरू सञ्चालन गरिरहेका छौं ।’

प्रथम कर्णाली अधिवेशनले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने र एकताको सन्देश दिनुपर्ने महासचिव पोखरेलले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved