चिकित्सकको आन्दोलनप्रति एमाले अध्यक्ष ओलीको ऐक्यबद्धता

नेपालभ्युज

चिकित्सकको आन्दोलनप्रति एमाले अध्यक्ष ओलीको ऐक्यबद्धता
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकहरुको जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

चिकित्सकमाथि हातपात भएको विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकप्रति समर्थन जनाउँदै अध्यक्ष ओलीले चिकित्सकको सम्मान गर्नुपर्ने पनि बताएका छन् ।

आफ्नो जीवनमा चिकित्सकको भूमिका महत्वपूर्ण भएको स्मरण गर्दै उनले डाक्टरहरुलाई कसैले नराम्रो व्यवहार गर्न नहुने बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्–

मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु। आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु। मेरो अनुरोध छ – डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं । सम्मान र हार्दिकता विकास गरौं ।

मणिपाल शिक्षण अस्पताल पोखरामा बिरामी मृत्युपछि चिकित्सकमाथि हातपात भएको थियो । उक्त हातपातको विरोधमा उनीहरु आन्दोलित छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved