पर्यटनमन्त्री किरातीले विमानस्थलमै पुगेर पर्यटकको स्वागत गरे

नेपालभ्युज

पर्यटनमन्त्री किरातीले विमानस्थलमै पुगेर पर्यटकको स्वागत गरे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विश्व पर्यटन दिवसका अवसरमा विदेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।

दिवसका अवसरमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

विमानस्थलमा पर्यटकलाई स्वागत गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्था पनि सहभागी थिए ।

बिहान टर्किस एयरलाइन्सबाट आएका विदेशी पर्यटकलाई विमानस्थलमा स्वागत गरी पर्यटन दिवस केन्द्रित विभिन्न कार्यक्रम भैरहेका छन् ।

बिहान ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरिएको थियो । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ आज नेपालमा विश्व पर्यटन दिवस मनाइँदै छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved