सर्वसाधारणका लागि आईपीओ जारी गर्दै आयल निगम

नेपालभ्युज

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै आयल निगम

काठमाडौं । नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी गरिरहेको बताएका हुन् ।

मंगलबार नेपाल एलपी ग्यास उद्योग संघको २८ औं वार्षिक साधारणसभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् ।

कम्तिमा दुईवटा आर्थिक वर्षमा फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने उनको भनाइ छ । उनले आईपीओ जारी गर्न आफू प्रतिबद्ध रहेको पनि बताए ।

सर्वसाधरण जनतालाई निगमप्रति अपनत्व अनुभूत गराउन आईपीओ जारी गर्न लागेको बताए । तर आईपीओ जारी गर्न केही समय लाग्ने उनको भनाइ छ ।

‘आयल निगम गएको आर्थिक वर्ष नाफामा रह्यो । स्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भएपनि नाफामा रहन्छौं’, उनले भने, ‘कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था छ । निगम यो विषयमा प्रतिबद्ध छ ।’

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले डिजेल पेट्रोलको जस्तै एलपी ग्यासको पनि स्वचालित मूल्य लागू गर्न माग गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved