एनसेलको वार्षिकोत्सवमा ‘पर्पल किकअफ’

नेपालभ्युज

एनसेलको वार्षिकोत्सवमा ‘पर्पल किकअफ’

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ ।

पर्पल किकअफमा चर्चित नेपाली कलाकारहरु, भेटरान फुटबल खेलाडीहरु, युवा उद्यमीहरु, खेलकुद पत्रकारहरु र स्थानीय युवा क्लबका खेलाडीहरुको सहभागिताले कार्यक्रमलाई विषेश बनाएको थियो ।

गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा एनसेल टिम ए विजयी भएको थियो । एनसेल टिम एले नेपाली युवा उद्यमी मञ्चलाई १-० को अन्तरले हराउँदै विजेता बनेको हो । एनसेल टिमको तर्फबाट एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ पनि खेलेका थिए । एनसेलको तर्फबाट कप्तान प्रज्वल प्रजापतिले गोल गरेका थिए ।

त्यसैगरी शनिबार नै भएको अर्को खेल भेटरान फुटबल खेलाडी अनिल गुरुङ र विराज महर्जनको टिमबिच भएको थियो । दुवै टिममा विभिन्न चर्चित नेपाली कलाकारहरुको सहभागिता रहेको थियो । कलाकारहरुमा आयुषमान जोशी, जेम्स प्रधान, जितु नेपाल, प्रेस्का उदास, रेमन दास श्रेष्ठ, सन्दिप क्षेत्रि, अमन केसी, समृद्घि राई, त्रिचु राईलगायतका कलाकारहरु रहेका थिए । अनिल गुरुङको टिमले ५—४ को अन्तरले खेल जितेको थियो ।

त्यस्तै आइतबार भएको पहिलो खेलमा एनसेल टिम बी र जनवाचनालय तथा पुस्तकालय, लैनचौर युवा क्लबसँग भएकोे थियो । लैनचौर युवा क्लबसँगको खेलमा क्लबले ४—१ को अन्तरालले जित हासिल गरेको थियो । त्यस्तै आइतबार भएको दोस्रो खेलमा नेपाल खेलकुद पत्रकार मञ्च र एनसेल टिम सी बीच भएको थियो । कोच अमन अधिकारीको नेतृत्वमा रहेको नेपाल खेलकुद पत्रकार मञ्चले ४—३ गोलको अन्तरालले खेल जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved