सुदूरपश्चिम प्रदेश: विषयगत समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

नेपालभ्युज

सुदूरपश्चिम प्रदेश: विषयगत समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाअन्तर्गत चारवटा विषयगत समितिको निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरिएको छ ।  असोज ११ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।

मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्तालगायतका काम पूरा गरी असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव गरिने कार्यतालिकामा जनाइएको छ ।

प्रदेशमा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति रहेको छ ।

जेठ ६ गते बसेको प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनको नवौँ बैठकले विषयगत समिति गठन गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved