अख्तियारसम्बन्धी विधेयकप्रति कानूनमन्त्रीकै असन्तुष्टि

पाँच वर्षपछि पनि भ्रष्टाचार मुद्दा चलाउन पाउनुपर्ने !

नेपालभ्युज

अख्तियारसम्बन्धी विधेयकप्रति कानूनमन्त्रीकै असन्तुष्टि

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धी विधेयकका केही प्रावधानप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पाँच वर्षभित्र कारबाही नचलाएको मुद्दा अघि नबढाउने भन्ने प्रावधानप्रति मन्त्री गुरुङले असन्तुष्टि व्यक्त गरेका हुन् ।

आइतबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले सरकार मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन ल्याउन लागिरेको पनि बताए ।

मन्त्री गुरुङले सरकारले संसदमा पेश गरेका विधेयकहरुलाई गहिरिएर अध्ययन गरी त्यसमा भएका कमी कमजोरी हटाउने काम सांसदहरुको भएको पनि स्मरण गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved