मनास्लुमा सिजनकै पहिलो आरोहण, पाँच जना पुगे चुचुरोमा

मनास्लु हिमाल आरोहण अनुमतीबापत सरकारले यो सिजनमा तीन करोड ४० लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । मनास्लु विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो ।

नेपालभ्युज

मनास्लुमा सिजनकै पहिलो आरोहण, पाँच जना पुगे चुचुरोमा

काठमाडौं । मनास्लु हिमालमा सिजनकै पहिलो आरोहण सम्पन्न भएको छ ।

पाकिस्तानी दम्पती र तीन जना नेपाली गरी पाँच जनाले मनास्लु हिमालको सफल आरोहण गरेका हुन् । तीन जना शेर्पाहरुको साथमा पाकिस्तानी दम्पती अहमद उजैर र अनुम उजैर बिहान मनास्लुको शिखरमा पुगेका सेभेन समिट ट्रेक्सले जनाएको छ ।

अघिल्लो आइतवारदेखि शरद ऋतुको आरोहण शुरु भएको हो । यो सिजन मनास्लु हिमाल आरोहणमा लागि उपयुक्त मानिन्छ । यस वर्षको शरद ऋतुमा नेपालमा हिमाल आरोहणका लागि तीन सय ९५ जनाले अनुमती लिएकामा तीन सय एक जनाले मनास्लुका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

मनास्लु हिमाल आरोहण अनुमतीबापत सरकारले यो सिजनमा तीन करोड ४० लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । मनास्लु विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved