१९औं एसियन गेम्स उद्घाटन समारोहमा प्रचण्ड सहभागी हुँदै

नेपालभ्युज

१९औं एसियन गेम्स उद्घाटन समारोहमा प्रचण्ड सहभागी हुँदै

बेइजिङ। चीनको हाङजाउमा जारी १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुँदैछन् । एसियाडका खेलहरू २ गते नै सुरु भए पनि औपचारिक उद्घाटन आज हुन लागेको हो।

अमेरिका भ्रमण सकेर हङकङ हुँदै प्रधानमन्त्री प्रचण्ड आजै बिहान चीन पुगेका हुन्।

एसियन गेम्समा नेपालका २९ खेलका २ सय ५३ खेलाडीले नेपालको चुनौती पेस गर्दै छन्। हाङजाउ एसियन गेम्समा नेपालबाट अहिलेसम्मकै धेरै खेलाडी सहभागी भएका छन् ।

एसियाडको उद्घाटनको मार्च पासमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तेक्वान्दोका वीरबहादुर महरा र १२ र १३औं सागकी स्वर्ण पदक विजेता उसुकी निमा घर्तिमगरले नेपालको झन्डा बोक्नेछन्।

एसियाडको उद्घाटनअघि नै नेपालको पुरुष भलिबल टोली भने प्रतियोगिताबाट बाहिरिसकेको छ। एसियाडमा महिला भलिबल, टेबल टेनिसका खेल पनि सुरु भसकेका छन्।

एसियाडका लागि सहभागी खेलाडी, प्रशिक्षक, पर्यवेक्षक चीन पुग्ने क्रम जारी छ। एसियाडका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायत चीन पुगिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved