द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

नेपालभ्युज

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)का ४०७ जना विद्यार्थीहरु दीक्षित भएका छन्। शुक्रबार बौद्धस्थित हायत रिजेन्सी होटलमा भएको कार्यक्रममा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) र द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड (यूडब्ल्यूई)का विद्यार्थीहरु दीक्षित भएका हुन्।

दीक्षान्त समारोह दुई शत्रमा सञ्चालन भएको थियो। पहिलो शत्रमा बिजनेश विषयहरु बीबीए, एमबीए, बीएचएम, एमआईबीएम र ईएमबीएका विद्यार्थीहरु दीक्षित भएका थिए भने दोस्रो शत्रमा आईटी विषयहरु बीएससी (हन्स) कम्प्युटिङ र एमएससी आइटीका विद्यार्थीहरु दीक्षित भए।

दुवै शत्रमा नेपाल तथा बेलायतका विशिष्ट पाहुनाहरुसँगै, एकेडेमिसियन, दीक्षित हुने विद्यार्थी, विद्यार्थीका अभिभावकको उपस्थिति रहेको थियो। लामो समयदेखि कलेजको सल्लाहकार तथा एमबीई ब्रिटिस एजुकेशन ग्रुपका उपाध्यक्ष पाउल क्लिभ्सले उत्कृष्ट विद्यार्थीको अवार्ड प्रदान गरेका थिए।

कलेजका कार्यकारी एक्जिक्युटिभ डाइरेक्टर महेन्द्रराज कँडेलले पानसमा दीप प्रज्वलन गरी तथा कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले स्वागत मन्तव्य राखेर कार्यक्रमको उद्घाटन गरेका थिए। संस्थापक राजन कँडेलले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हाम्रो संस्था कति ठूलो भएको छ भन्ने यो एउटा प्रमाण हो, अब हामीले दुईवटा शत्रहरु सम्पन्न गर्नुपर्नेछ र म आज सबै ग्राजुयटहरुलाई बधाई तथा आगामी दिनको शुभकामना व्यक्त गर्न चाहान्छु। तपाईहरु टीबीसीका पूर्व विद्यार्थीहरु बन्नुभएको छ। अब हामी तपाईहरुले के गर्नुहुन्छ भनेर जान्न निकै उत्साहित छौं।’

त्यस्तै, कार्यक्रममा विशेष अतिथिहरुले प्रेरणादायक मन्तब्य दिएका थिए। जसमा, मिसन–ब्रिटिस एम्बेसीका डेप्युटी हेड हेइडी ताभाकोली, कलेजका सल्लाहकारहरु माइकल रुटल्याण्ड ओबीई, प्रोफेसर फर्गस लियोन र ११ औं अर्ल अफ स्डाण्डवीचका माननीय एडवर्ड होलिस्टर मोन्टागुले बेलायतबाट भिडियो सन्देश पठाएका थिए।

पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुले पनि कार्यक्रममा आफ्नो मन्तब्य दिएका थिए। लिड्स बेकेट विश्वविद्यालयका स्कूल अफ बिल्ट इन्भाइरोमेन्ट एण्ड इन्जिनियरिङका डीन प्रोफेसर अकिन्टोला अकिन्टोएले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘आजको दिन लिड्स बेकेट र ब्रिटिस कलेजबीचको अन्तर्राष्ट्रिय सहकार्यको ठूलो दिन हो र हामी यो सम्बन्धलाई अझै सुदृढ बनाउँदै विश्वभरी नै धेरै ग्राजुयटहरु उत्पादन गर्न अगाडि बढ्नेछौं।’

त्यस्तै, यूडब्ल्यूईको पार्टनरसिप र इन्टरनेशनल तथा इन्टेरियम हेड अफ विजनेश एण्ड म्यानेजमेन्टका डीन डा. पल बेनेटले दीक्षित विद्यार्थीहरुलाई बधाई ज्ञापन गरे। उनले यूडब्ल्यूई र टीबीसी बीचको लामो समयदेखिको साझेदारीबारे आफ्नो भनाई राख्दै ग्राजुयटहरुलाई आल्मुनी कम्युनिटीमा स्वागत गरे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved