विद्यालय बन्द नगर्न काभ्रेका शिक्षकलाई स्थानीय तहको संयुक्त निर्देशन

निर्देशन पालना नगरे कारबाही गर्ने चेतावनी

उनीहरुले निर्देशन पालना नभए शिक्षकलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

नेपालभ्युज

विद्यालय बन्द नगर्न काभ्रेका शिक्षकलाई स्थानीय तहको संयुक्त निर्देशन

काठमाडौं । काभ्रेका स्थानीय तहले विद्यालयको पठनपाठन बन्द गरेर आन्दोलनमा नजान शिक्षकहरुलाई निर्देशन दिएको छ । स्थानीय तहका मेयर र अध्यक्षहरुले संयुक्तरुपमा विद्यालय खोल्न निर्देशन दिएका हुन् । उनीहरुले निर्देशन पालना नभए शिक्षकलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

शुक्रबार धुलिखेलमा बसेको स्थानीय तहका अध्यक्ष प्रमुखहरूको जिल्लास्तरीय बैठकले तत्काल विद्यालयहरुमा पठनपठान सुरु गर्न निर्देशन दिएको हो ।

तत्काल विद्यालय सञ्चालन नगरेमा स्थानीय सरकारले संविधानमा रहेका संवैधानिक व्यवस्थाअनुसार पठनपाठन सञ्चालन गर्न बाध्य हुने विज्ञप्तिमार्फत शिक्षकहरुलाई चेतावनी दिएका छन्।

बैठकले नेपाल सरकारले संसदमा छलफलको लागि पेश गरेको शिक्षा विधेयक २०८० तत्काल फिर्ता गर्न पनि काभ्रेका स्थानीय सरकारका प्रमुखहरूले आग्रह गरेका छन्।

विज्ञप्तिमा १३ स्थानीय तहमध्ये ९ स्थानीय तहका प्रमुखहरूले हस्ताक्षर गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved