प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति जो वाइडेन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच संक्षिप्त भेटवार्ता भएको छ।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता
अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्ड बीच भेटवार्ता हुँदै । तस्वीर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं। अमेरिकी राष्ट्रपति जो वाइडेन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच संक्षिप्त भेटवार्ता भएको छ। भेटका अवसरमा दुई देशबीचको आपसी हित र सहकार्यसम्बन्धी कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेको प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

भेटमा राष्ट्रपति वाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गङ्गा दाहाल सहभागी थिइन्। प्रधानमन्त्री प्रचण्ड उतैबाट आजै चीन जाँदैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved