शास्त्रअनुसार सपनामा आफ्नै दाँत झरेको देख्नु शुभ कि अशुभ ?

नेपालभ्युज

शास्त्रअनुसार सपनामा आफ्नै दाँत झरेको देख्नु शुभ कि अशुभ ?

एजेन्सी । स्वप्नशास्त्रलाई मान्ने हो भने हरेक सपनाको कुनै न कुनै अर्थ रहेको हुन्छ । जसले भविश्य तथा वर्तमान समयमा हुने घटनाक्रमलाई संकेत गरेको पनि मानिन्छ । त्यस्तै सपनामा आफ्नै दाँत झरेको देख्नु पनि एउटा संकेतको रुपमा स्वप्नशास्त्रले मान्दछ । स्वप्नशास्त्रले यस्तो सपनालाई के भन्छ जानौं ।

  • स्वप्नशास्त्रका अनुसार यस्तो सपनाले आउँदो समयमा नयाँ अवसरहरु प्राप्त हुने तथा तपाईं आफ्नो जीवनमा नयाँ अवसरहरुलाई अपनाउँदै अगाडि बढ्नुहुनेछ भन्ने संकेत हुन्छ । यसले ठूलो सफलता हात लाग्न पनि सक्छ ।यदी तपाईं
  • आफ्नै दाँत भाँचिएको देख्नुहुन्छ भने तपाईंका लागि एउटा नयाँ ऊर्जाको संकेत दिन्छ । सपनामा दाँतलाई शक्तिको प्रतिकका रुपमा देख्न सकिन्छ । यसले तपाईंको आत्मविश्वास बढ्नेछ ।
  • कहिलेकाँही सपनामा दाँत झर्नु केही ठूलो नोक्सानीलाई पनि जनाउँछ । यसले सम्बन्ध खराब हुने, जागिर परिवर्तन हुने तथा जागिर जाने जस्ता नकारात्मक संकेत पनि हुन सक्छ ।
  • सपनामा दाँत झर्नुले तपाईंको जीवनमा तनाव बढेको संकेत पनि दिन्छ । जसलाई तपाईंले आफै नियन्त्रण गर्न आवश्यक छ ।
  • कतिपय अवस्थामा यस्तो संकेत आफ्नै लागि नभएर अरुका लागि पनि हुन सक्छ । जस्तै तपाईंको बच्चाको पुरानो दाँत झर्ने बेला भएको वा झरेको तिर पनि संकेत गर्छ ।
  • यदी तपाईंका सबै दाँत झेरेको देखिन्छ भने यसको अर्थ तपाईंको जीवनमा कुनै ठूलो परिवर्तन आउँदैछ भन्ने संकेत हुन्छ । यस्तो संकेत तपाईंको भावी जीवनका लागि राम्रो हुन सक्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved