शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔँ, छिटो टुंग्याऔँः अध्यक्ष तिमिल्सिना

नेपालभ्युज

शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔँ, छिटो टुंग्याऔँः अध्यक्ष तिमिल्सिना
फाइल फोटो

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौता कार्यान्वयनका १७ वर्ष: उपलब्धि, चुनौति र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।

उनले शान्ति प्रक्रियालाई नेपालका राजनीतिक दलहरु आफैँ सक्षम भएर टुंगोमा पुर्‍याउनुपर्ने बताए । शान्ति प्रक्रिया टुंग्याउनुपर्ने विषयमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने र कुनैपनि अन्तर्राष्ट्रिय समुदायलाई दोष दिनु नहुने उनको भनाई छ ।

उनले शान्ति प्रक्रियालाई दाउपेचको विषय बनाउनु नहुने बताए । उनले पीडितहरुसँग समेत छलफल गरेर उनीहरुले न्याय पाउनेगरी शान्ति प्रक्रियाको बिषय टुंगिनुपर्नेमा जोड दिए । उनले नेपालका राजनीतिक दलहरु एक ठाउँमा उभिएर  शान्ति प्रक्रिया टुंगोमा पुर्‍याए  अन्तर्राष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्न पनि सकिने बताए ।

उनले पुरानो घाउलाई बल्झाइरहनु नहुने भन्दै अब भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न लाग्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved