च्याम्पियन्स लिग फुटबल : इन्डोभेनमाथि आर्सनलको जित

नेपालभ्युज

च्याम्पियन्स लिग फुटबल : इन्डोभेनमाथि आर्सनलको जित
तस्वीर स्रोतः आर्सनल/फेसबुक

काठमाडौं। च्याम्पियन्स लिग फुटबलमा आर्सनलले पीएसभी इन्दोभेनलाई पराजित गरेको छ।

आर्सनलले इन्डोभेनलाई ४–० फराकिलो गोलअन्तरले पराजित गर्दै लिगको सुरुवात गरेको हो। आर्सनलको लागि बुकायो साका, लियान्ड्रो ट्रोसाड, ग्याब्रियल जिसस र मार्टिन ओडेगाडले गोल गरे।

खेलको आठौं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। खेलको २०औँ मिनेटमा ट्रोसार्डले आर्सनलको लागि दोस्रो गोल गरे। । यस्तै, ३८औँ मिनेटमा आर्सनलको लागि जिससले तेस्रो गोल गरे भने ७०औँ मिनेटमा ओडेगार्डले आर्सनलको लागि चौथो गोल गरे।

यसैगरी, समूह ‘डी’को खेलमा आरबी साल्जवर्गले बेन्फिकालाई २–० गोलअन्तरले हरायो। रियल सोसिडाड र इन्टर मिलानबीचको खेल भने १–१ गोलको बराबरी सकियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved