एसिया कप क्रिकेटको उपाधिको लागि भारत र श्रीलंका खेल्दै

नेपालभ्युज

एसिया कप क्रिकेटको उपाधिको लागि भारत र श्रीलंका खेल्दै

काठमाडौं । एसिया कप २०२३ को उपाधिका लागि आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलोम्बोमा सुरु हुनेछ । भारत आठौं र श्रीलंका सातौं एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । श्रीलंका र भारतको सुपर फोरमा ४-४ अंक थियो ।

नेटरनरेटको कारण भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् । भारतको रोहित शर्मा र श्रीलंकाको दासुन शानकाले कप्तानी गर्नेछन् ।

श्रीलंकाले २०२२ मा टि२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए । श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो । भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved