प्रधानमन्त्री भन्छन्- नयाँ फड्को मार्दैछौँ

नेपालभ्युज

प्रधानमन्त्री भन्छन्- नयाँ फड्को मार्दैछौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ फड्को मार्ने तयारी गरिरहेको बताएका छन् । शनिवार पार्टी मुख्यालय पेरिसडाँडामा दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटीको नवौं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“हामीले सरकारको नेतृत्व गरिरहेको सन्दर्भ छ । र, सन्दर्भमा हामीले सुशासनका कुरा, न्याय र समृद्धिका कुरा गरेका छौँ र नयाँ फड्को मार्नका लागि तयारी गरिरहेका छौँ । समाजवादको यात्रा आरम्भ गर्नका निम्ति अहिले धेरै भयो भन्दा पनि हामीले केही चिज नयाँ जनता र राष्ट्रको पक्षमा, समाजवाद र विचारको पक्षमा गर्दैछौँ । यो प्रक्रियालाई निरन्तरता दिने र दृढतापूर्वक अघि बढ्ने कुरा गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने ।

यस्तै प्रधानमन्त्री प्रचण्डले नेपालको स्वाधीनता, राष्ट्रिय एकता, भौगोलिक एकता, छिमेकीसँगको सम्बन्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूसँग सम्बन्धमा विशेष ध्यान दिनुपर्ने बेला भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved