झलनाथ भन्छन्- नेतृत्वले आवश्यकताअनुसारको काम गर्न नसक्दा जनता आक्रोशित भए

नेपालभ्युज

झलनाथ भन्छन्- नेतृत्वले आवश्यकताअनुसारको काम गर्न नसक्दा जनता आक्रोशित भए

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेतृत्वले आवश्यकताअनुसारको काम गर्न नसक्दा जनता आक्रोशित बनेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले  जनता नेतृत्वबाट काम नभएपछि विद्रोही हुँदै गएको र निराश भएको बताएका हुन्  । उनले सिंहदरबारमा आगो लगाउँछु भन्नेहरुलाई जनताले साथ र स्याब्बासी दिँदै आएको बताए ।

सम्मानित नेता खनालले देशको नेतृत्व अकर्मण्य भएको बताए । समाजवादका भाषण गरेर मात्रै नहुने भन्दै उनले आम जनताको परिवर्तन गर्न जरुरी रहेको बताए । उनले नेतृत्वमा देखिएको विकृतिका कारण राप्रपा र रास्वपा पार्टीतिर जनताहरु आकर्षित हुन थालेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले अहिले देखिएका सबै समस्यालाई समाधानतर्फ लैजाने भनेको समाजवाद मात्रै भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved