मूल्य वृद्धिको विरोधमा एमाले समर्थित भूमिहीनहरू थाल ठटाउँदै सडकमा (तस्वीरहरू)

मूल्य वृद्धिको विरोधमा एमाले समर्थित भूमिहीनहरू थाल ठटाउँदै सडकमा (तस्वीरहरू)

काठमाडौं। मूल्य वृद्धिको विरोध र सुरक्षित वासको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समर्थित भूमि अधिकार तथा श्रमिक संगठन नेपालले आज माइतीघरमा प्रदर्शन गरेको छ।

हालै बढेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुनुपर्ने, बजार भाउ नियन्त्रण हुनुपर्ने, भूमिहीनलाई सुरक्षित आवासको व्यवस्था हुनुपर्ने जस्ता माग राख्दै संगठनले आज थाल ठटाएर प्रदर्शन गरेको हो।

माइतीघरमा जम्मा भएका भूमिहीनहरू नारा लगाउँदै जिल्ला प्रशासन कार्यलय काठमाडौं पुगी प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

उनीहरूले प्रधानमन्त्रीसमक्ष विभिन्न ७ बुँदे माग प्रस्तुत गरेका छन्।

   


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved