शेखर कोइराला भन्छन्- प्रचण्ड अराजक भए, अब सरकारको नेतृत्व देउवाले गर्नुपर्छ

नेपालभ्युज

शेखर कोइराला भन्छन्- प्रचण्ड अराजक भए, अब सरकारको नेतृत्व देउवाले गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने बताएका छन् । उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्व फेरेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका हुन् ।

११०औं बीपी जयन्तीको सन्दर्भमा आइतबार हेटौंडामा आयोजित एक कार्यक्रममा नेता कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदा मात्र देशमा लोकतन्त्र र राष्ट्रियता बलियो हुने दाबी गरेका हुन्।

उनले प्रधानमन्त्री प्रचण्ड अराजक हुँदै गएको आरोप लगाउँदै सरकार फेर्नुपर्ने तर्क गरेका हुन् ।

कांग्रेस सबैभन्दा ठूलो दल भएकाले स्वभाविकरुपमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने उनको भनाइ थियो ।

उनले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्नेसमेत बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved