अराजकता नियन्त्रणमा दलहरु एक हुनुपर्छ : माओवादी नेता पौडेल

नेपालभ्युज

अराजकता नियन्त्रणमा दलहरु एक हुनुपर्छ : माओवादी नेता पौडेल

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले मुलुकमा बढ्दो अराजकता नियन्त्रण गर्नका लागि सबै राजनीतिक दलहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै उनले सामाजिक सञ्जालमा प्रचार गर्दै मुलुकमा अराजकता मच्चाउने खालका गतिविधि नियन्त्रण गर्नका लागि सबै राजनीतिक दल, नागरिक समाज र पत्रकार एकजुट हुनपर्ने बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले सहमहामन्त्री यादवको सांघातिक आक्रमणमा संलग्न व्यक्तिको पछाडि कुनै शक्ति भए त्यसलाई पनि कानूनी दायरामा ल्याउन पर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved