सुनको मूल्य प्रतितोला चार सयले घट्यो

नेपालभ्युज

सुनको मूल्य प्रतितोला चार सयले घट्यो

काठमाडौं। नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार तोकिएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज प्रतितोला रु चार सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार चार सय ५० तोकिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०ले घटेर रु एक हजार चार सय १० तोकिएको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved