नेपालको १० हजार मेगावाट बिजुली किन्ने सम्झौता भारतको क्याविनेटबाट स्वीकृत

नेपालभ्युज

नेपालको १० हजार मेगावाट बिजुली किन्ने सम्झौता भारतको क्याविनेटबाट स्वीकृत

काठमाडौं । भारतको मन्त्रिपरिषद् बैठकले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने सम्झौता स्वीकृत गरेको छ ।

भारतको मन्त्रिपरिषद्ले नेपालसँगको दीर्घकालीन विद्युत् व्यापारको विषयलाई अनुमोदन गर्ने निर्णय गरेसँगै नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने सम्झौता स्वीकृत भएको हो ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारतले १० हजार मेगावाट विद्युत किन्ने सहमति भएको थियो ।

नेपालमा हाल १० आयोजनाको ४५० मेगावाटभन्दा धेरै विद्युत विद्युत प्राधिकरणले बिक्री गर्न सकेको छैन ।

नेपालले दीर्घकालीन विद्युत् व्यापार गर्ने प्रस्ताव भारत समक्ष राख्दै आएको थियो ।

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आज बिहान सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved