जी २० सम्मेलनअघि अमेरिकी राष्ट्रपति बाइडेनकी पत्नीलाई कोरोना संक्रमण

नेपालभ्युज

जी २० सम्मेलनअघि अमेरिकी राष्ट्रपति बाइडेनकी पत्नीलाई कोरोना संक्रमण

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनलाई कोरोना संक्रमण भएको छ । जी–२० राष्ट्रको शिखर सम्मेलनमा सहभागी हुन भारत प्रस्थान गर्नुभन्दा दुई दिनअघि नै उनी कोरोना संक्रमित भएकी बीबीसीले जनाएको छ ।

तर राष्ट्रपति बाडेनको कोभिड–१९ परीक्षण नेगेटिभ आएको छ । अमेरिकाको प्रथम महिलाको सञ्चार निर्देशक एलिजाबेथ अलेक्जेन्डरले एक विज्ञप्ति जारी गर्दै जिल बाइडेनमा हाल कोभिड-१९ को हल्का लक्षणहरू रहेको बताइएकी छिन् । उनी डेलावेयरको घरमै बस्नेछिन्।

विज्ञप्ति अनुसार राष्ट्रपतिले यो साता नियमित परीक्षण र लक्षणहरूको अनुगमन गर्नेछन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved